News
झापा गोल्डकपको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)

बिर्तामोड । प्रतिष्ठित नेपाल आइस पाँचौं झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । यहि फागुन २१ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब भिड्ने छन् ।
बिर्तामोड, झापा स्थित डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका गरि कुल १० टोलीहरुले सहभागिता रहनेछ । फागु्न ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख ५ हजार प्राप्त गर्नेछ ।
Post Comments