
काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिगतर्फ शनिबार चोटिल बन्न पुगेका मच्छिन्द्र फुटबल क्लबका युवा स्टार मनिष डाँगी खतरा मुक्त रहेको अस्पताल र क्लबले जनाएको छ ।
स्मरण रहोस, लिग अन्तरगत शनिबार दशरथ रंगशालामा भएको मच्छिन्द्र र च्यासल विरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिष केही मिनट लगतै चोटिल बनेर मैदानमै ढलेका थिए ।
केही समय अचेत समेत बन्न पुगेका मनिषलाई मैदान बाहिर रहेका मेडिकल टिमले पनि प्राथमिक उपचार गरेको थियो । केही समयपछि होसमा आएका उनलाई मैदान भित्रै एम्बुलेन्स बोलाएर अस्पताल पुर्याइएको थियो ।
मनिष खतरा मुक्त भए तापनि उनी मैदानमा फेरि कहिले फर्किन सक्ने हुन्, त्यसबारे भने खुलाइएको छैन । यद्यपि उनी अझै पनि चिकित्सकको निगरामी मै रहेको पनि क्लबले जनाएको छ । स्मरणीय छ, सो खेलमा मच्छिन्द्रले च्यासलमाथि २–० को जित निकाल्दै लिगतालिकामा आफ्नो शिर्षतालाई कायम राख्न सफल भएको थियो ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै