News रोमाञ्चक खेलमा मनाङ र थ्रीस्टारको बराबरी
गोलनेपाल

काठमाडौं । शुरुवाती अग्रता जोगाउन नसक्दा मनाङ मस्र्याङ्दी क्लबले शनिबार ए डिभिजन लिगमा परस्पर प्रतिद्वन्द्वी रुस्लान थ्रीस्टार क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले दोस्रो हाफमा गोल गरेका थिए । गोलको खाता भने पहिला मनाङले खोलेको थियो । ६२औं मिनटमा दयानन्द सिंहको गोलबाट अग्रता लिएको मनाङले त्यसलाई अनितमसम्म जोगाउन सकेन ।

उता थ्रीस्टारका लागि ७१औं मिनटमा रितिक खड्काले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । खेलमा खड्का नै म्यान अफ द म्याच समेत घोषित भए । इमर्जिङ प्लेयरको पुरस्कार पनि थ्रीस्टार कै हेमन्त थापा मगरले हात पारे ।

यो नतिजाले शिर्ष स्थानको मच्छिन्द्रलाई भने फाईदा पुगेको छ । यो नतिजापछि १० खेलबाट २० अंक जोडेको मनाङ दोस्रो स्थानमा यथावत छ । उता शनिबार नै च्यासललाई हराएको मच्छिन्द्र २६ अंकका साथ शिर्ष स्थानमा छ । त्यस्तै थ्रीस्टार भने १७ अंकका साथ चौथो स्थानमा छ ।

Post Comments