News
श्याम नायक बन्दा झापा बन्यो च्याम्पियन
काठमाडौं । श्याम कुमार गोले नायक बन्दा झापा भेट्रान्सले मंगलबार सम्पन्न मेयर कप राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि उचाल्न सफल भएको छ ।
दशरथ रंगशालामा भएको फाइनल भिडन्तमा झापाले खुमलटार भेट्रान्समाथि २–१ को जित निकाल्दै उपाधि माथि कब्जा जमायो । यद्यपि खेलमा अग्रता भने खुमलटारले नै लिएको थियो ।
२७औं मिनटमा कप्तान नरेन्द्र लामाको गोलबाट अग्रता बनाएको खुमलटारले त्यसलाई जोगाउन सकेन । ३७औं मिनटमा श्याम कुमारले झापाका लागि पहिलो गोल गरे भने इन्जुरी समयमा दोस्रो तथा निर्णायक गोल गर्दै झापाली टोलीको जित पक्का गरे ।
फुटबलर्स मिशन टुगेदरको आयोजनामा भएको प्रतियोगिताको विजेता बनेको झापाले उपाधिसहित ५ लाख हात पार्यो भने उपविजेता खुमलटारले २ लाख ५० हजारमा चित्त बुझाउन बाध्य भयो ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै