News
फराकिलो जितका साथ सक्सेस सेमिफाइनलमा

तुलसीपुर । फराकिलो जितका साथ सक्सेस फुटबल क्लब यहाँ जारी हिरा डाँगी स्मृति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तुलसीपुर दाङ स्थित अरनिको खेलमैदानमा भएको क्वाटरफाइनल खेलतर्फ सक्सेसले रुकुम फुटबल क्लबलाई ६–१ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । खेलमा सक्सेसका सन्दिप चौधरी म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा सोझै बाई पाएर क्वाटरफाइनल खेलेको टरीगाउँ एफसीले नवलपुर एफसीलाई ५–१ ले हरायो र सेमिफाइनलमा प्रवेश गर्यो । खेलमा टरीगाउँका लेखनाथ महर म्यान अफ द म्याच घोषित भए ।
हिरा डाँगी फाउण्डेशन, तुलसीपुर दाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि कार्तिक १६ गतेका दिन हुनेछ ।
Post Comments