News दाङका दुई खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि चीन प्रस्थान, प्रशिक्षक लवटलाई दाङबासीको धन्यवाद
गोलनेपाल

दाङ । दाङका दुई होनहार खेलाडीहरू निशान राज लवट र हरि बुढा मगर चीनमा आयोजना हुन गइरहेको अन्तर्राष्ट्रिय प्रतियोगिता 'थर्ड पोमोग्रनेट कप' (3rd Pomegranate Cup) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन्। ​ भगवती क्लबको प्रतिनिधित्व गर्दै दुवै खेलाडीहरू अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र दाङको नाम उच्च राख्ने लक्ष्यका साथ चीन प्रस्थान गरेका हुन्। खेल मैदानमा बगाएको पसिना र गुरुको मन्त्रलाई आत्मसाथ गर्दै मैदानमा उत्रिने दाङबासीले विश्वास लिएका छन्।

​खेलाडीहरू चीन प्रस्थान गरेसँगै दाङबासी तथा खेलप्रेमीहरूले दुवै खेलाडीहरूलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विजय हासिल गर्न र देशको झण्डा अझ उच्च पार्न हार्दिक शुभकामना व्यक्त गरेका छन्। यस प्रतियोगिताले भगवती क्लब र सिङ्गो दाङको शिर गर्वले उच्च बनाउने अपेक्षा गरिएको छ।

​यसैबीच, दाङमा रहेर खेल क्षेत्रमा नयाँ प्रतिभा उत्पादन गर्न अतुलनीय भूमिका खेल्नुभएका उत्कृष्ट प्रशिक्षक (कोच) गुरु दुर्गा राज लवटलाई दाङबासीले विशेष धन्यवाद तथा आभार प्रकट गरेका छन्। उहाँकै अथक प्रयास, सही मार्गदर्शन र उत्कृष्ट प्रशिक्षणका कारण आज दाङका खेलाडीहरू चीनसम्म पुगेर खेल्न लायक बनेका हुन्।

Post Comments