
काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज दशरथ रंगशालामा बंगलालदेशको महिला फुटबल टोलीसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्दैछ ।
सो खेल दशरथ रंगशालामा नेपाली समयअनुसार बेलुका ५ बजेदेखि शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी गराइसकेको छ । खेलको टिकट मुल्य सामान्यतर्फ २०० र भिआईपीतर्फ ५०० रहेको एन्फाले जनाएको छ ।
महिला फुटबलमा नेपालले बंगलादेशविरुद्ध अहिलेसम्म हारको सामना गरेको छैन । त्यो इतिहासलाई घरेलु मैदानमा जोगाउनु पर्ने साख पनि नेपाललाई छ । मैत्रीपुर्ण म्याचका लागि दुवै टोलीले आफूहरु तयार रहेको बताएका छन् ।
खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टसले गर्ने पनि एन्फाले जानकारी दिएको छ । त्यस्तै नेपाल र बंगलादेश बीचको दोस्रो मैत्रीपुर्ण म्याच भदौ २७ गते आइतबारका दिन हुने कार्यक्रम छ ।
स्मरण रहोस, दुवे टोली यहि सेप्टेम्बरको अन्तिमतिर उज्वेस्तिाना हुने एएफसी वुमन्स एसियन कप छनौटको तयारीमा छन् । छनौट प्रतियोगिता अन्तरगत समूह एफमा रहेको नेपालले फिलिपिन्स र हङकङको सामना गर्नेछ भने समूह जीमा रहेको बंगलादेशले इरान र जोर्डनसँग खेल्ने कार्यक्रम छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय