काठमाडौं । राष्ट्रिय फुटबल टोलीको जर्सीमा सोमबार अन्तिमपटक देखिएका बिराज महर्जनले सन्यासको घोषणा गर्दा सबै सामू आफ्नो आँसु रोक्न सकेनन् ।
३० बर्षको उमेर मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका बिराजले नेपालका लागि सर्वाधिक ७३ अन्तर्राष्ट्रिय क्याप जिते । र अन्तिम खेलमा देशका लागि उपाधि पनि जित्न सफल भए ।
चार बर्ष अर्थात् सन् २०१६ मा बंगलादेशमा सम्पन्न प्रतिष्ठित बंगबन्धु गोल्डकपको उपाधि नेपालले जित्दा बिराज टोलीका कप्तान थिए । सोमबार थ्री नेशन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हराउँदा नियमित कप्तान किरन चेम्जोङले बिराजलाई नै कप्तानी सुम्पिएका थिए ।
अन्ततः बिराज कै कप्तानीमा नेपालले थ्री नेशन्स कपको उपाधि जित्न सफल भयो । यो उपाधिसँगै बिराजले अन्तर्राष्ट्रिय फुटबलमा सुखद समापन पनि गरे । सन् २००८ मा पोखरामा सम्पन्न पाकिस्तान विरुद्धको मैत्रीपूर्ण फुटबल म्याचमा अन्तर्राष्ट्रिय डेब्यु गरेका बिराज त्यसयता राष्ट्रिय टोलीका नियमित कप्तान र सदस्य पनि थिए ।
घरेलु फुटबलमा तीन लिग उपाधिसहित थुप्रै नकआउट उपाधिहरु आफ्नो पोल्टामा पारेका बिराजले नेपालका लागि सन् २०१६ मै भएको एएफसी सोलिडारिटी कप पनि जितेका थिए ।
सोमबार दशरथ रंगशालामा बिराजले सन्यास लिंदा प्रधानमन्त्री केपी ओलीले उनलाई धन्यवाद सहित विशेष रुपमा सम्मानित गरे । सो अवसरमा बिराजले पनि भावुक हुँदै फुटबल समर्थक, खेलाडी साथीभाई लगायत सबैलाई धन्यवाद दिए ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै