News मेमोरी फाइनलमा, उपाधिका लागि एकम्बासँग भिड्ने
गोलनेपाल

सोनापुर । साँघुरो अन्तरको जित निकाल्दै मेमोरी युवा क्लब, सोनापुर यहाँ जारी प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

दोस्रो सेमिफाइनलतर्फ मेमोरीले एकता युवा क्लब, इटहरीलाई १–० को साँघुरो अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । मेमोरीका लागि नितेशले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

खेलमा म्यान अफ दि म्याच भने मेमोरी कै युगेन कार्की चुनिए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे । मेमोरीले अब असार २१ गते हुने फाइनलमा एकम्बा फुटबल क्लबसँग उपाधि भिड्नेछ ।

दुहबी नगरपालिका वडा नम्बर ८ को कार्यालय, सोनापुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ ।

Post Comments