काठमाडौं । एएफसी महिला एसियन कपको छनौट प्रतियोगिता अन्तर्गत समूह एफमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आफ्नो पहिलो खेलमा शानदार जित हासिल गरेको छ ।
अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सयौं खेल खेलेको नेपालले तुलनात्मक रुपमा केही कमजोर आँकिएको लाओसलाई ९–० को फराकिलो अन्तरले हराउँदै छनौट प्रतियोगितामा शानदार शुरुवात गरेको हो ।
उज्वेक शहर तश्केन्टमा भएको खेलमा नेपालको जितमा खेलको १२औं मिनटमा अनिता बस्नेतले पहिलो गोल गरिन् । ४५औं मिनटमा कप्तान साबित्रा भण्डारीले त्यो अग्रता दोब्बर पारिन् ।
खेलमा एकतर्फी जित निकालेको नेपालका लागि ४७औं मिनटमा सरु लिम्बले तेस्रो गोल गरिन् । लगतै ५५औं मिनटमा साबित्राले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरिन् । विपक्षी टोलीमाथि नेपालको आक्रमक शैली त्यति मै रोकिएन ।
५७औं मिनटमा रश्मी कुमारी घिसिङले नेपालका लागि पाँचौं गोल थपिन् । त्यसपछि ७४औं मिनटमा साबित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरीन् भने ७९औं मिनटमा व्यक्तिगत चौथो तथा टोलीका लागि सातौं गोल गरिन् ।
त्यस्तै ८३औं मिनटमा अनिता केसीले आठौं गोल गर्दा अन्तिमतिर थप एक गोल भने लाओसले आत्मघाती गोलका रुपमा गर्न पुगेको थियो ।
नेपालले आफ्नो आगामी खेल जुलाई २ तारीखका दिन श्रीलंकासँग खेल्नेछ । त्यस्तै सोही दिन लाओसले घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । स्मरण रहोस, समूहको शिर्ष टोली अर्को वर्ष हुने एएफसी महिला एसियन कपका लागि छनौट हुनेछ ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा