काठमाडौं । एएफसी महिला एसियन कप छनौट प्रतियोगितातर्फ नेपालले आज लाओससँग समूह चरणको पहिलो खेल खेल्दा नेपाली महिला फुटबल टोलीले एउटा कोशेढुंगा हासिल गर्नेछ ।
अर्थात, अन्तर्राष्ट्रिय फुटबलमा नेपाली महिला फुटबल टोलीको लाओस विरुद्धको खेल १००औं खेल हुनेछ । सन् १९८६ को डिसेम्बर १४ तारीखका दिन एसियन च्याम्पियनसिपतर्फ हङ्गकङ्ग विरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा पर्दापण गरेको नेपाली महिला फुटबल टोली त्यसयता करिब चार दशकदेखि निरन्तर फुटबलमा व्यस्त छ ।
त्यस अवधिमा नेपालले खेलेको ९९ खेलहरु मध्ये ४६ मा जित, १६ मा बराबरी र ३७ खेलहरुमा पराजय बेहोरेको छ । नेपालले आज लाओस विरुद्धको खेलमा जित हात पार्न सके अन्तर्राष्ट्रिय फुटबलमा नेपालको १००औं खेल थप सुखद बन्नेछ । स्मरण रहोस, छनौट प्रतियोगितातर्फ समूह के मा रहेको नेपालले लाओसबाहेक आयोजक उज्वेकिस्तान र श्रीलंकासँग पनि खेल्ने कार्यक्रम छ ।
त्यस्तै नेपाली महिला टोलीकै महत्वपूर्ण सदस्य तथा अनुभवी मिडफिल्डर सरु लिम्बुले आफ्नो ५०औं अन्तर्राष्ट्रिय म्याच खेल्दैछिन् । पछिल्लो समय चोटका कारण लय गुमाएकी सरुले लाओस विरुद्ध सम्भवत अपेक्षाअनुसार राम्रो प्रदर्शन गर्ने विश्वास समेत लिइएको छ ।
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- तेह्रथुमका तीन महिला फुटबल खेलाडीलाई दक्षिण कोरियाबाट जनही ५० हजार रुपैयाँ सहयोग
- एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
- होराइजन र कान्ति फाइनलमा भिड्ने
- होराइजन, सुनगाभा, ग्यालेक्सी र कान्ति सेमिफाइनलमा