News
एन्फाका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठको स्मृति सभा सम्पन्न

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वकार्यवाहक अध्यक्ष ललित कृष्ण श्रेष्ठको १०औं स्मृति सभा एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न भएको छ।
सभामा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई लगायत अन्य पदाधिकारीहरू, निवर्तमान पदाधिकारीहरू, खेलाडीहरु, रेफ्रीहरू, तथा फुटबलका अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
उपस्थित सबैले पूर्व कार्यवाहक अध्यक्ष श्रेष्ठको सालिकमा फूल तथा माला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
सभापछिको कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङले पूर्व कार्यवाहक अध्यक्ष ललित कृष्ण श्रेष्ठका छोरा तथा छोरीको शिक्षाका लागि एन्फाले प्रदान गर्दै आएको मासिक रु.५० हजार सहयोग स्नातक तहसम्मको लागि निरन्तरता दिने घोषणा गरे।
Post Comments
Related News
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- खेलाडी संघको पहलमा युवा खेलाडी सन्देशको निःशुल्क शल्यक्रिया सम्पन्न
- धरान एन्फा एकेडेमीलाई खेल सामाग्री हस्तान्तरण
- नेपाल आइपुगिन रेखा
- टोलीको प्रदर्शनबाट एन्फा सन्तुष्ट, समस्या निराकरणका लागि सबै एकजुट हुन आवश्यकः एन्फा उपाध्यक्ष लामा