News
नेपाल आइपुगिन रेखा

काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेल राष्ट्रिय टोलीमा सामेल हुन स्वदेश फर्किएकी छिन ।
केही दिन अघि मात्र अबुधाबी कन्ट्री क्लबका लागि युएईको शिर्ष महिला लिग फुटबल प्रतियोगिताको उपाधी जितेकी रेखा सोमबार स्वदेश फर्किएकी हुन ।
रेखा अब राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षणमा सामेल हुनेछिन । स्मरण रहोस, नेपाली महिला फुटबल टोली हाल एएफसी महिला एसियन कप छनौट प्रतियोगिताको तयारीमा व्यस्त छ ।
एएफसी महिला एसियन कप छनौटतर्फ नेपालले आयोजल उज्वेकिस्तान, लाओस र श्रीलंकासँग खेल्ने कार्यक्रम छ ।
Post Comments
Related News
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एएफसी महिला एसियन कप छनौटमा नेपालको चुनौति समाप्त
- नेपाल एएफसी महिला एसियन कपमा छनौट भए सबै खेलाडीहरुलाई जनही ५० हजार दिने खेल अभियन्ता गुरुङ्गको घोषणा
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- झापा महिला गोल्डकपलाई शिवसताक्षी नगरपालिका र वडाहरुको साथ