News
एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग

पोखरा । कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसन असार १३ गतेदेखि पोखरा रंगशालामा सुरु हुन लागेको गण्डकी प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागि हुँदै छ । उक्त प्रतियोगिताको तयारीको लागी एन्फा कास्कीले १० थान फुटबल र रु। ५०,००० नगद सहयोग प्रदान गरेको छ।
अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष उज्वल रञ्जित, राष्ट्रिय प्रशिक्षक किरन श्रेष्ठ, तथा सुनिल राना लगायत अन्य एन्फाका पदाधिकारीहरूले लालीगुराँस एसोसिएसनका अध्यक्ष डम्बर गुरुङ र क्लबका कोच ओम गुरुङलाई एक कार्यक्रममा सहयोग रकम र सामग्री हस्तान्तरण गरेका थिए ।
यसैक्रममा, गण्डकी प्रदेश लिगका लागि लालीगुराँस एसोसिएसनले असार ३ गते (हिजो) देखि क्लोज क्याम्प सुरु गरिसकेको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने क्लबका सचिब ईश्वर बस्यालले जनाकारि दिए ।
Post Comments