News नेपाली युवा फुटबल टोली जर्मनी जाँदै
गोलनेपाल

काठमाडौं । एसभी मामेन्डोर्फ भीआर बैंक कपमा सहभागी हुन नेपाली फुटबल टोली बिहीबार जर्मनी जाने भएको छ । प्रतियोगिता जुन ५ देखि १५ तारिखसम्म हुनेछ ।

टोलीको खेलाडीहरुमा नदुप प्रसाईं, स्पर्ष राई, जोसेफ गुरुङ, निर्विग्न ढकाल, श्रीयान्श पन्त, श्रीशान्त योगी, प्रयन केसी, श्रीभास खरेल, प्रिशा श्रेष्ठ, सश्याकप्रसाद प्रधान, विराज गौतम, गौरव अधिकारी, ओम दवाडी, निस्कर्षराज शाक्य, अमन घिमिरे, आर्यन श्रेष्ठ, आयुश श्रेष्ठ, जसन नाम्सेल डेविस वज्राचार्य, युजन तिमल्सिना, निसान महतो, वैभव गोयल, समर्पण बबी सेढाईं, अनमोल न्यौपाने, आइडेन श्रेष्ठ, सशांक भण्डारी, आशुतोष मल्होत्रो, अनब लामा, आतिस श्रेष्ठ, आर्यावीर सिंह, सुविस कायश्थ, अर्हान बाँस्कोटा, सिभान्स भट्टराई, तेन्जिङ शेर्पा, भविष्य शाह र पेम्बा नुर्बु भोटे रहेका छन् ।

खेलाडीहरु विभिन्न ३ उमेरसमूहमा विभाजन भएर प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । अफिसियलमा श्रीबहादुर योगी, चन्दिका जोशी र होमनाथ तिमल्सिना, प्रशिक्षकमा थमन भुसाल, कृष्ण तामाङ र ले मेन्सन तथा फिजियोथेरापिष्टमा रविन्द्र बस्नेत छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Post Comments