International
पहिलो खेलमै रोकियो पोर्चुगल
काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ को समूह के तर्फ पहिलो खेलमा क्रीस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगल बराबरीमा रोकिएको छ ।
बुधबार अबेर राती सम्पन्न समुहको पहिलो खेलमा पोर्चुगलले अफ़्रिकि टोली कंगोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा शुरुवाती अग्रता भने पोर्चुगलले नै लिएको थियो । खेल शुरु भएको छैटौं मिनेट मै जोआओ नेभेजको गोलबाट पोर्चुगलले खेलमा अग्रता बनाएको थियो ।
तर, पोर्चुगिज टोलीले त्यो अग्रता पहिलो हाफ मै गुमाउन पुग्यो । पहिलो हाफ कै अतिरिक्त समयमा योने विसाले कंगोका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
पोर्चुगलले समूह चरणको आफ्नो दोस्रो खेलमा २३ जुनका दिन उज्वेकिस्तानसँग खेल्नेछ भने सोही दिन कंगोले कोलम्बियासँग खेल्नेछ ।
Post Comments