Gorkhalis Abroad कोरियामा कास्की एफसीलाई उपाधि
गोलनेपाल

दक्षिण कोरिया । “एकता हाम्रो पहिचान, स्वास्थ्य हाम्रो अभियान” भन्ने मूल नारासहित जुन १४ तारिख आइतबार कोरियाको छनान् स्थित मेचीअप फुटसल फिल्डमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा कास्की एफसीले लालीगुराँस एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै नगद ३५ लाख कोरियन वोनसहित च्याम्पियन बन्न सफल भएको हो। उपविजेता बनेको लालीगुराँस एफसीले नगद २० लाख कोरियन वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा दक्षिण कोरियाभरिका ३८ नेपाली फुटबल टोलीहरूको सहभागिता रहेको थियो। सेमिफाइनलसम्म पुग्न सफल ब्लु लायन एफसी “A” र इन्छन एफसीले जनही ४ लाख कोरियन वोन पुरस्कार प्राप्त गरेका छन्। व्यक्तिगत विधातर्फ लालीगुराँस एफसीका विशाल राई उत्कृष्ट खेलाडी घोषित हुँदै १ लाख ५० हजार कोरियन वोनसहित ट्रफी, मेडल र प्रमाणपत्रबाट सम्मानित भए। त्यसैगरी कास्की एफसीका प्रवीण गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए भने प्रतियोगिताभर ११ गोल गरेका इन्छन एफसीका सन्दीप भण्डारी सर्वाधिक गोलकर्ता बनेर जनही १ लाख कोरियन वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए।

Post Comments