हङ्गकङ्ग र लाओस विरुद्ध खेल्ने नेपालको ३० सदस्यीय प्रारम्भिक टोली घोषणा
गोलनेपाल

काठमाडौं । जुन महिनाको पहिलो साता हङ्गकङ्ग विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनौटतर्फ लाओस विरुद्धको खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक म्याट रोसले सोमबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । स्मरण रहोस, नेपालले जुन ५ तारीखका दिन हङ्गकङ्गसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ भने १० जुनका लागि एसियन कप छनौटतर्फ लाओससँग अवे म्याच खेल्ने कार्यक्रम छ ।

यस्तो छ नेपालको ३० सदस्यीय प्रारम्भिक टोलीः

बिशाल सुनार (गोलरक्षक), दिप कार्की (गोलरक्षक), किरन चेम्जोङ (गोलरक्षक), अभिषेक लिम्बु, अमृत श्रेष्ठ, अनन्त तामाङ, अन्जन बिष्ट, अन्जल श्रेष्ठ, एरिक बिष्ट, आयुष घलान, बिमल पाण्डे, जिलेस्पी जंग कार्की, कृतिष रत्न छुन्जु, कुलदिप कार्की, कुशल देउवा, लाकेन लिम्बु, मणि कुमार लामा, मनिष डाँगी, निराजन धामी, रोहन कार्की, रोहित चन्द, सनिष श्रेष्ठ, सन्तोष खत्री, सृजनराज गौतम, सुदिप गुरुङ्ग, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरज जिउ ठकुरी, सुबास बम ठकुरी, योगेश गुरुङ्ग

 

Post Comments