News दिव्य स्पोर्टस एकेडेमीलाई नागस्वती युथ कपको उपाधि
गोलनेपाल

हेटौडा । “राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड” भन्ने नाराका साथ नागस्वती फुटबल एकेडेमी, हेटौडाको आयोजनामा सम्पन्न नागस्वती युथ कप यु–१४ फुटबल प्रतियोगिताको उपाधि दिव्य स्पोर्टस एकेडेमीले जितेको छ ।

हेटौडा–७ स्थित नवज्योति स्कुलको खेलमैदानमा भएको फाइनल भिडन्तमा दिव्य स्पोर्टस एकेडेमीले ज्ञानज्योति युथ क्लबलाई २–० ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको दिव्य स्पोर्टस एकेडेमीले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता ज्ञानज्योति युथ क्लबले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक नैतिक थापाले बताए ।

 

Post Comments