ANFA चाँदनी सेमिफाइनलमा प्रवेश
सुरज राना मगर

बुटवल । चाँदनी युवा क्लब, दानापुर यहाँ जारी तेस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

सोमबार सम्पन्न पहिलो क्वाटरफाइनलमा चाँदनीले देवदह ब्वाईज, देवदहलाई २–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।

चाँदनीको जितमा बिकास सिङजाली र अमन थापा मगरले गोल गरे । एक समय चाँदनीलाई थप एक गोल गर्ने स्पष्ट अवसर पनि थियो । प्राप्त पेनाल्टीको अवसरलाई अमन थापाले गोलमा परिणत गर्न नसक्दा चाँदनीले आफ्नो गोल संख्या बृद्धि गर्न सकेन । यद्यपि जित भने पक्का गर्यो ।

खेलमा चाँदनीका बिकास सिङजाली मगर म्यान अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख २३ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक इभोलुशन क्लब र हिमालय एफसीबीच हुने आयोजकले जानकारी दियो ।

इभोलुशन क्लब अफ बुटवल, तामनगर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल बैशाख २९ गतेका दिन हुनेछ ।

Post Comments