
हेटौडा उपमहानगरपालिकाको मुख्य प्रायोजन र मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १९ गतेबाट मकवानपुरमा सुरु भएको महिला गोल्डकपमा पहिलो सेमिफाईनल खेलबाट सहज जित निकाल्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।
मङगलबार बिहान गौरीटार रङ्गशालामा भएको पहिलो सेमिफाईनल खेलमा चितवन जिल्लाको महिला फुटबल टिमलाई ७–० ले पराजित गर्दै पुलिस फाईनल प्रवेश गरेको हो। पुलिसको जितमा मिना देउवा ह्याट्रिक गर्दा निरमा उपाध्यायले दुई गोल सुश्मा तामाङ र समिक्षा घिमिरेले एक एक गोल गरिन । खेलमा ह्याट्रिक गर्न सफल मिना देउवा पहिलो सेमिफाईनल खेलको प्लेयर अफ द म्याच हुन सफल भईन । उनले नगद १० हजार रुपैयाँ तथा ट्रफि प्राप्त गरिन् ।
प्रतियोगिता अन्तर्गत मंगलबार दिउसो ४ बजे दोस्रो सेमिफाईनल खेल एपिएफ एफसी र संकटा एफसीको बिचमा हुने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ भने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ सहित शिल्ड मेडल प्रमाण पत्र पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन भने विधागत खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।