ANFA तेस्रो मकवानपुरगढी कप शुरु
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । शहीद रुद्र पाखिन, वासुदेव घिमिरेको स्मृतिमा शुरु तेस्रो मकवानपुरगढी कप खुल्ला ८ ए साइड फुटबल प्रतियोगिताको उदघाटन खेलमा दाजुभाई एफ सी र सिमलटार फुटबल क्लब बिजयी भएका छन् ।

मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारको खेलमैदानमा आईतबारबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा दाजुभाई एफसीले एफसीले घले समाज एफसीलाई चार शुन्यले पराजित गरी दोस्रो चरणमा प्रबेश गरेको छ । पहिलो खेलमा दाजुभाई एफसीलाई महत्चपुर्ण जित निकाल्न उत्कृष्ट खेल प्रदर्शन गर्ने समिरराज थोकर खेलको म्यान अफ द म्याच घोषित भए ।

यसैगरी आइतबार नै भएको दोस्रो खेलमा सिमलटार एफसीले नागस्वती फुटबल एकेडेमीलाई ४–० ले नै पराजित गर्न सफल भएको छ । उक्त खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका सिमलटारका सुजन गुरुङ खेलको म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिताको आयोजना मकवानपुरगढी गाउँपालिकाको कार्यालयले गरेको हो । सह–आयोजकको रूपमा दाजुभाई एफसी मकवानपुर र खेलकुद विकास समिति मकवानपुरगढीको सक्रिय भूमिका रहेको छ ।

त्यसअघि प्रतियोगिताको उदघाटन मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले गरेका थिए । २८ गते सम्म चल्ने प्रतियोगिताको बिजेता हुने टिमलाई पुरस्कार रु ७५ हजार र दोस्रो हुने टिमले रु ४० हजार प्राप्त गर्ने मकवानपुर गढी खेलकुद विकास समितिका अध्यक्ष बाबु लामाले बताउनुभयो । प्रतियोगिता अन्तर्गत सोमबार चार खेल हरु हुनेछन ।

Post Comments