
सिरहा । शहीद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सलहेश युवा क्लब, सिरहा ले जितेको छ। आइतबार भएको फाइनल खेलमा सलहेशले चात्य सा फुटबल क्लब, झापालाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
खेलको पहिलो हाफमा दुबै टोलीले गोल गर्न नसके पनि दोस्रो हाफको चौथो मिनेटमा कुलदीप कार्कीले पेनाल्टीमार्फत पहिलो गोल गर्दै सलहेशलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफको १८ औं मिनेटमा दिपेश घलेले दोस्रो गोल गर्दै टिमको जितलाई सुरक्षित बनाए ।
बिधागत तर्फ पनि सहलेस कै खेलाडिको अधिपत्य रह्यो । फाइनलको म्यान अफ द म्याच विनु आले मगर (सलहेश युवा क्लब) घोषित हुदा प्रतियोगिताको सर्बकृष्ट खेलाडी सलहेस्कै कुलदीप कार्की घोषित भए । उनले नगद रु. ७,००० नगद र ट्रफी प्राप्त गरे । उत्कृष्ट गोलकिपर रेम्बो चौधरी (सलहेश युवा क्लब), उदियमान खेलाडी रामबाबु दास र राजा बाबु मेष्तर (सलहेश युवा क्लब) संयुक्त घोषित भए ।
सर्बाधिक गोलकर्ता युसुफ मल्लिक (चित्लाङ एफसी, काठमाडौं) र उत्कृष्ट प्रशिक्षक श्याम सुन्दर सिंह (सलहेश युवा क्लब) घोषित भए । सलहेश युवा क्लब सिरहा ले यो प्रतियोगिताको उपाधी तेश्रो पटक जित्न सफल भएको हो ।