South Asia
सिक्किमः चिफ मिनिस्टर गोल्डकपको फाइनलमा झापा र चर्च ब्वाईज भिड्ने

काठमाडौं । सिक्किमको जोरेथाङमा जारी दशौं अल इण्डिया चिफ मिनिस्टर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिताको फाइनलमा नेपालका दुई टोली झापा–११ फुटबल क्लब र चर्च ब्वाईज युनाइटेड उपाधिका लागि भिड्ने भएका छन् ।
आइतबार जोरेथाङ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा झापाले सुदेवा एफसी, दिल्लीलाई २–१ ले हराउँदै फाइनलमा चर्च ब्वाईजसँगको भेट पक्का गरेको हो । खेलमा झापाका बिजय भुजेल म्यान अफ द म्याच घोषित भए ।
नाम्ची जिल्ला फुटबल संघ, सिक्किमको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल २१ जनवरी (माघ ८ गते) मंगलबारका दिन झापा र चर्च ब्वाईजका बीच हुनेछ ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)