विभिन्न प्रशासनिक विवाद र दबाबबीच पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीलाई लाओसविरुद्धको अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट औपचारिक अनुमति प्राप्त गरेपछि मात्र विदेश प्रस्थान गराएको छ।
एन्फाले लाओस जाने टोलीको अनुमतिका लागि चैत्र ८ गते नै खेलाडी तथा अफिसियलसहित ३३ सदस्यीय टोली प्रतियोगितामा सहभागी हुन परिषद्सँग अनुमति मागेको थियो। सोही अनुरोधअनुसार राष्ट्रिय खेलकुद परिषद्ले चैत्र १२ गते औपचारिक अनुमति प्रदान गरेको हो।
यसअघि परिषद्ले चैत्र ११ गते नै एन्फालाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि अब आगामी दिनमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन एन्फाले परिषद्बाट अनुमति लिन नपाउने अवस्था सिर्जना भएको छ।
फुटबल गतिविधि प्रभावित हुने आशंका बढिरहेका बेला एन्फाले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राखेको देखिएको छ। विवादभन्दा माथि उठेर खेलाडीको करियर, नेपालको अन्तर्राष्ट्रिय उपस्थिति तथा नेपाली फुटबलको प्रतिष्ठा जोगाउने उद्देश्यसहित टोली पठाइएको विश्लेषण फुटबल वृत्तमा भइरहेको छ।


- रकम हिनामिनाको आरोपमा पूर्व एन्फा अध्यक्ष शेर्पा पक्राउ (पत्रसहित)
- फिफाको निलम्बनले नेपाली फुटबलमा गम्भीर असरः के गर्न मिल्छ, के मिल्दैन ?
- फिफाद्वारा एन्फा अनिश्चितकालका लागि निलम्बित
- एन्फा महासचिव किरण राई र अध्यक्ष पंकज नेम्वाङलाई मेक्सिको जान रोक, राईले जनाए आपत्ति
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन