International
समूह आईबाट तीन टोलीहरु नकआउट चरणमा
काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२६ तर्फ समूह आईबाट पूर्व विश्वविजेता तथा गत संस्करणको उपविजेता फ्रान्ससँगै नर्वे र सेनेगलले पनि नकआउट चरणमा स्थान बनाएका छन् ।
समूह चरणको अन्तिम खेलमा फ्रान्सले नर्वेलाई ४–१ ले हराउँदा सोही समूहको अर्को खेलमा सेनेगलले इराकमाथि ५–० को उत्कृष्ट जित दर्ता गर्न सफल भयो ।
यो नतिजापछि तीन खेलबाट ९ अंक जोडेको फ्रान्स समूह विजेता बन्यो । उता हारका बावजुद ६ अंक जोडेको नर्वे समूह उपविजेता बन्दा ३ अंकसहित तेस्रो स्थानमा रहेको सेनेगल उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरणमा प्रवेश गर्यो । अंकविहीन इराक भने पुछारमा रहेर बाहिरियो ।
Post Comments
Related News
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय