ANFA रकम हिनामिनाको आरोपमा पूर्व एन्फा अध्यक्ष शेर्पा पक्राउ (पत्रसहित)
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार बुढानीलकण्ठबाट शेर्पालाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध टुङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिसँग सम्बन्धित ठगी तथा आपराधिक विश्वासघातको गम्भीर आरोप लागेको छ।

सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार, एकेडेमीका अख्तियारप्राप्त प्रतिनिधि रामचन्द्र बहाला श्रेष्ठको जाहेरीपछि शेर्पालाई पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा शेर्पाले एकेडेमीको कार्यकारी प्रमुखका रूपमा रहँदा एकल हस्ताक्षरबाट खाता सञ्चालन गर्दै ८ करोड ७८ लाख ४० हजार ८०२ रुपैयाँ हिनामिना गरेको आरोप छ।

Post Comments