
काठमाडौं । अर्को वर्ष अष्ट्रेलियामा हुन गईरहेको एएफसी महिला एसियन कपको छनौट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रारम्भिक टोली घोषणा गरिएको छ ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बन्द प्रशिक्षणका लागि ४८ खेलाडीहरुलाई सामेल गरेका छन् । साथै एन्फाले बन्द प्रशिक्षण यही बैशाख २१ गतेदेखि शुरु गरिने पनि जानकारी दिएको छ ।
त्यसबाहेक छनौट प्रतियोगिता खेल्नु अघि नेपाली महिला फुटबल टोलीले बलियो थाइल्याण्डसँग दुई मैत्रीपूर्ण फुटबल म्याच खेल्ने पनि एन्फाले जानकारी दियो । नेपालले थाइल्याण्डसँग ३० मईका दिन पहिलो अभ्यास म्याच खेल्नेछ भने जुन २ तारीखका दिन आधिकारिक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्नेछ ।
स्मरण रहोस, महिला एसियन कप छनौट प्रतियोगितातर्फ समूह एफमा रहेको नेपालले लाओस, श्रीलंका र उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शिर्ष टोली महिला एसियन कपका लागि छनौट हुनेछ । समूह एफका सबै खेलहरु उज्वेकिस्तानमा हुनेछन् ।
यस्तो छ प्रारम्भिक टोलीः
गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, कोपिला खड्का, लिला जोशी, साबित्री किशन, उषा नाथ
डिफेन्डर्सः अमृता जैसी, बिमला बिक, गीता राना, मनमाया दमै, निशा थोकर, पुजा राना, प्रतिक्षा चौधरी, सबिना चौधरी, सजनी थोकर, समिक्षा घिमिरे, सेमिहाङमा लिम्बु, यशोदा शाही
मिडफिल्डर्सः अनिता बस्नेत, अन्जली चन्द, बिमला चौधरी, बिर्सना चौधरी, हेमा चौधरी, हेमा रावत, कुसुम खतिवडा, प्रिती राई, रेनुका नगरकोटी, सबिता राना मगर, सहारा लिम्बु, सम्झना लावती, सरस्वती हमाल, सरु लिम्बु, सेनु परियार, सुख्रिया सुक्लुकु, सुक्रिया मिया, सुष्मा तामाङ, तुलसा बोहरा
फरवार्डसः अनिता केसी, अनिता लम्जेल, चन्द्रा भण्डारी, जेनिफर मगर, ममता पुन, मिना देउवा, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, साबित्रा भण्डारी, समिक्षा मगर
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)