News एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता सुरु
गोलनेपाल

काठमाडौं । एसियन पेन्ट्स च्याम्पियनसिप २०२६ अन्तर्गत उपत्यकाव्यापी गर्ल्स फुटबल प्रतियोगिता आजदेखि कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको खेल मैदानमा सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन ल्याबोरेटरी सेकेन्डरी स्कुलका प्रधानाध्यापक लाक्पा शेर्पाले एक समारोहबीच गर्नुभयो।

उद्घाटन खेलमा शाङ्ग्रिला पब्लिक स्कुलले नर्थ भ्याली स्कुललाई ६–० गोलले पराजित गर्‍यो। शाङ्ग्रिलाका लागि अनुस्का बस्यालले ह्याट्रिक पूरा गर्दा मञ्जिता गुरुङले २ तथा आस्था रोकायाले १ गोल गरिन्।

त्यस्तै, आजै सम्पन्न अर्को खेलमा भेनस नेसनल कलेजले ओमेगा इन्टरनेसनल सेकेन्डरी स्कुललाई ९–० गोलले पराजित गर्‍यो। भेनसका लागि अस्मिता मैनालीले ह्याट्रिक पूरा गरिन् भने सबिना तामाङले ४, समीक्षा थापा मगर र रिना स्याङ्तानले समान १–१ गोल गरे।

उक्त प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न विद्यालय तथा कलेजका गरी जम्मा १० टोलीको सहभागिता रहेको छ।

Post Comments