News
आदर्श स्कुल अफ म्यानेजमेन्टलाई कर्पोरेट फुटसलको उपाधि
बिर्तामोड । फराकिलो अन्तरको जित निकाल्दै यहाँ सम्पन्न एक दिने कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि आदर्श स्कुल अफ म्यानेजमेन्टले जितेको छ ।
फाइनलमा आदर्श स्कुलले दि स्ट्रिटलाई १०–५ को फराकिलो अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो । विजेता बनेको आदर्श स्कुल अफ म्यानेजमेन्टले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता दि स्ट्रिटले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
विधागततर्फ आदर्श स्कुलका आशुतोष उत्कृष्ट गोलरक्षक चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि आदर्श स्कुल कै दिवस बास्तोलाले हात पार्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि आदर्श कै दिपेश खतिवडा घोषित भए ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा