News ध्रुवतारा स्पोर्टिङ फाइनलमा, उपाधिका लागि राजगढसँग भिड्ने
गोलनेपाल

बुद्धशान्ति । ध्रुवतारा स्पोर्टिङ क्लब दमक बुद्धशान्तिमा जारी एन्फा रेफ्री स्व.लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप फुटबल प्रतियोगिताकोको उपाधि नजिक पुगेको छ ।

बुद्दआदर्श माध्यमिक विद्यालयको खेल मैदानमा आज बिहिबार भएको अन्तिम सेमीफाइनल खेलमा न्यु स्टार क्लब बिर्तामोड लाई २/० गोलअन्तरले पराजित गर्दै ध्रुवतारा स्पोर्टिङ क्लब फाईनलमा प्रवेस गरेको छ र जित सँगै कम्तीमा ४०००० सुरक्षीत गरेको हो ।

ध्रुवताराको जितका लागी खेलको ७० मिनेटमा सक्सेस राईले पहीलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा समयमा प्रविन राईले थप १ गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् ।

खेलको म्यान अफ दि म्याच ध्रुवतारा स्पोर्टिङ क्लब दमकका गोल रक्षक आयुस लिम्बु घोषित हुँदा नगद रु। १५०० रुपैयाँ प्राप्त गरका छन्। आदर्श युवा क्लबका पूर्व अध्यक्ष तथा कोशी प्रदेश फुटबल रेफ्रिसंघका सदस्य समेत रहेका ढुंगानाको गत बर्ष निधन भएको थियो । उनले बुद्धशान्ति तथा खेलकुद क्षेत्रलाई पूर्याएको योगदान अतुलनिय रहेको भन्दै उनको सम्झनामा क्लबले फुटबल प्रतियोगिता गरिएको हो ।

ध्रुवतारा स्पोर्टिङ क्लबले अब राजगढ फुटबल क्लब सँग वैशाख १३ गते फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा शिवसताक्षी स्पोर्टिङ क्लबलाई ४/१ गोलअन्तरले पराजित गर्दै राजगढले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

Post Comments