News
एन्फा कप स्थगित (पत्रसहित)

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही बैशाख २० गतेदेखि आयोजना गर्ने भनेको एन्फा कप ए डिभिजन फुटबल प्रतियोगिता स्थगित गरेको छ ।
ए डिभिजन लिग आयोजना अन्यौलको अवस्थामा रहेका बेला एन्फाले ए डिभिजन क्लबहरुलाई सहभागि गराई एन्फा कप नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो ।
यद्यपि एन्फाले बिहीबार सम्बन्धित क्लबहरुलाई पत्राचार गरी प्राविधिक समस्याका कारण प्रतियोगिता तोकिएको मितिमा गर्न नसकिने जानकारी गराएको हो ।
त्यसबाहेक एन्फाले क्लब लाइसेन्सिङ्ग मापदण्ड, एएफसी मापदण्ड र क्लब लाइसेन्सिङ एडमिनिस्ट्रेशन सिस्टम लगायतका कार्यक्रमहरु पनि स्थगित गरिएको एन्फाले जनाएको छ ।
Post Comments
Related News
- युथ लिगमा चर्च ब्वाईजको पहिलो र शानदार जित
- सूर्यविनायकमा ५० हजार क्षमता भएको रंगशाला निर्माण हुने : प्रधानमन्त्री ओली
- प्रधानमन्त्रीद्वारा आज नेसनल हाई परफमेन्स सेन्टरको उद्घाटन हुँदै
- साबित्रासहित १० खेलाडीलाई इन्साइट भिजन स्कुल र राजधानी क्याम्पसको सम्मान
- अवसर पाए विदेशी भन्दा अब्बल छन् नेपाली प्रशिक्षकः अनन्त थापा