News प्रथम विश्व शान्ति भेट्रान्स कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

सालझण्डी । खेलकुद, सचेतना र सामाजिक कार्यमा आफूलाई सक्रिय राखेको विश्व शान्ति युवा क्लब, सैनामैना–१०, सालझण्डी, रुपन्देहीको आयोजनामा यही बैशाख १२ गतेदेखि हुने प्रथम विश्व शान्ति भेट्रान कपको तयारी पूरा भएको छ ।

सालझण्डी स्थित पशुपति माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा बैशाख १२ गते शुक्रबार आयोजक विश्व शान्ति भेट्रान्स (बी) र भडछा भेट्रान्स भिड्ने छन् । कुल ११ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल बैशाख २० गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले २५,५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक रेजिन श्रेष्ठले जानकारी दिए । सैनामैना नगरपालिका वार्ड नम्बर १० को कार्यालय, सालझण्डी संरक्षक रहेको प्रतियोगिताको विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक श्रेष्ठले बताए । साथै उनले सबैलाई प्रतियोगिता अवलोकन गर्न, सहयोग, समर्थन र हौसला प्रदान गर्न अनुरोध समेत गरे ।

प्रतियोगिताको आन्तरिक र बाहिरी व्यवस्थापन पक्ष हेरिरहेका कार्यक्रम संयोजक ओम छन्त्यालले स्थानीय भेट्रान खेलाडीहरुबीच स्वस्थय प्रतिस्पर्धा, मनोरञ्जन, भाईचारा र आत्मियता कायम गर्ने उद्देश्यका साथ भेट्रान फुटबल प्रतियोगिता आयोजना गरिएको बताए ।

 

Post Comments