
काठमाडौं । यर्स बर्षको जुन २२ तारीखदेखि जुलाई ५ तारीखसम्म हुने भनिएको प्रतिष्ठित साफ च्याम्पियनसिप स्थगित भएको छ । सो कुराको दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ ।
स्मरण रहोस, प्रतियोगिता यसै वर्ष श्रीलंकामा हुने तय भईसकेको थियो । तर साफको मार्केटिङ साझेदारका रुपमा रहेको स्पोर्टस फाइभको विशेष आग्रहमा प्रतियोगिता अर्को वर्ष गर्ने गरी स्थगन गरिएको हो ।
निकट स्रोतका अनुसार साफ च्याम्पियनसिप यसपटक होम एण्ड अवेका आधारमा आयोजना गर्ने बताइएको थियो । तर, तत्कालका लागि त्यसरी प्रतियोगिता आयोजना गर्न केही कठिन देखिएकाले प्रतियोगिता मिति सारिएको हो ।
साफ च्याम्पियनसिप अर्को वर्ष होम एण्ड अवेका आधारमा हुन सक्ने स्म्भावना भने कायम छ । साथै साफले प्रतियोगिताबारे अर्को बैठक बसेर छिटै नयाँ मिति घोषणा गर्ने र विस्तृत जानकारी दिने बताएको छ ।