News अन्जनाको नयाँ गन्तव्य एपिएफ
गोलनेपाल

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी नियमित सदस्य तथा घरेलु फुटबलमा समेत अनुभवी गोलरक्षक मध्ये एक अन्जना राना मगर एपिएफ फुटबल क्लबमा आवद्ध भएकी छिन् ।

यसअघि करिब एक दशक अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबका लागि खेलेकी अन्जनाले नयाँ सिजनका लागि एपिएफमा आवद्ध भएकी हुन् । अन्जनालाई एपिएफ फुटबल क्लबका एसएसपी विकास घिमिरेले क्लबको मुख्यालयमा स्वागत गरे ।

स्मरण रहोस, एपिएफको पहिलो रोजाईकी गोलरक्षक अन्जिला तुम्बापो सुब्बा हाल ग्रीसमा व्यवसायिक फुटबल खेलिरहेकी छिन् । पछिल्लो समय उनको स्थानमा एपिएफको गोलपोष्ट साबित्री किसनले सम्हाल्दै आएकी थिईन् । अब अन्जनाको आगमनसँगै सम्भवत अन्जना नै एपिएफको पहिलो रोजाईको गोलरक्षक बन्ने सम्भावना छ ।

Post Comments