
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका दुई महत्वपूर्ण सदस्य र स्टार फरवार्डद्वय साबित्रा भण्डारी र रेखा पौडेल सोझै थाइल्याण्ड पुगेर टोलीमा सामेल हुने भएका छन् ।
व्यवसायीक क्लब फुटबल खेल्न देश बाहिर नै रहेका साबित्रा र रेखा त्यतैबाट थाइल्याण्ड पुग्ने अखिल नेपाल फुटबल संघ (एनफा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले बताए ।
साबित्राले फ्रानसमा गुइनग्याम्पका लागि व्यवसायीक फुटबल खेल्ने भए तापनि उनी सिजनको समापनपछि केही कार्यक्रमका लागि युरोप मै व्यस्त थिईन् । त्यस्तै रेखा भने क्लब फुटबलका लागि युएईमा छिन् ।
सोही अवसरमा एन्फा अध्यक्ष नेम्वाङले थाइल्याण्ड भ्रमणमा फर्किदा नेपाली महिला फुटबल टोलीले प्रो लाइसेन्स प्रशिक्षक पनि पाउने जानकारी दिए । अध्यक्ष नेम्वाङले थाइल्याण्ड बलियो टोली भए तापनी नेपाली टोलीबीच एकता र तालमेल मिल्न सके टोलीले सफलता हासिल गर्नेमा आशावादी रहेको बताए ।
स्मरण रहोस, नेपालले थाइल्याण्डसँग दुई खेल खेल्ने कार्यक्रम छ । जसमा पहिलो खेल ३० मईका दिन अभ्यास खेलका रुपमा खेल्नेछ भने जुन २ तारीखका दिन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्नेछ ।
यी दुवै खेल नेपालले एएफसी महिला एसियन कप छनौट प्रतियोगिताको तयारी खेलका रुपमा खेल्नेछ । छनौट प्रतियोगिता अनतर्गत समूह एफमा रहेको नेपालले आयोजक उज्वेकिस्तानसँगै लाओस र श्रीलंकासँग खेल्ने कार्यक्रम छ ।
यस्तो छ फाइनल स्क्वाडः
गोलकिपर्सः अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ
डिफेन्डर्सः अमृता जैशी, गीता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर्सः अनिता बस्नेत, बिमला चौधरी, रेनुका नगरकोटे, प्रिति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्डसः साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न