ANFA
आयोजक सलहेश फाइनलमा, उपाधिका लागि चत्यासासँग भिड्ने

सिरहा । आयोजक सलहेश युवा क्लब, सिरहा जारी तेस्रो शहिद हेमनारायण गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा सलहेशले चित्लाङ्ग फुटबल क्लबलाई १–० को साँघुरो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । सिरहा क्याम्पसको खेलमैदानमा भएको खेलमा सलहेशका लागि दिपेश चाम्लिङ राईले एक मात्र निर्णायक गोल गरे ।
खेलको म्यान अफ दि म्याच भने प्रवेश दनुवार घोषित भए । सलहेशले अब यही जेठ २५ गते आइतबार हुने फाइनलमा चात्यासा फुटबल क्लब, झापासँग उपाधिका लागि भिड्नेछ ।
सलहेश युवा क्लब, सिरहाको आयोजना तथा सिरहा नगरपालिका, सिरहाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।
Post Comments
Related News
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने