
ताप्लेजुङ जिल्ला आठराई त्रिवेणी गाउँपालिका वडा नं.५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा जारी दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्ड कपको उपाधिका लागि न्यू स्टार क्लब झापा र गत संस्करणको विजेता मारिक एफ सी धरान भिड्ने पक्का भएको छ।
आज सम्पन्न दुई सेमीफाइनल खेलमा मारिक एफ सी धरान र न्यू स्टार क्लब झापाले क्रमश फाइनलमा स्थान बनाएका हुन्। आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा सम्दु एफ सी तेह्रथुमलाई एकका विरुद्ध तीन गोलले हराउँदै धरानले फाइनलमा स्थान पक्का गरेको हो। सुरुवाती समयमा तेह्रथुमले सरोज लिम्बुको गोलमा अग्रता बनाएपनि उक्त अग्रता जोगाउन नसक्दा हार बेहोरेको छ ।
खेलको ३४ औं मिनेटमा सरोजको गोलमा अग्रता लिएको तेह्रथुमले पहिलो हाफको अन्तिम समयसम्मपनि टिकाउन उक्त अग्रतालाई टिकाउन सकेन। पहिलो हाफको अतिरिक्त समयमा धरानको लागि जीवन राईको असिस्टमा निमेस तामाङले गोल गर्दै पहिलो हाफ बराबरीमा टुंग्याएका थिए। दोश्रो हाफको ७२ औं मिनेट र अतिरिक्त ८२ औं मिनेटमा जीवन राईले गोल गर्दै फाइनल यात्रा सुनिश्चित गराएका थिए ।
दुई गोल र एक असिस्ट प्रदान गरेका जीवन राई उक्त खेलको नायक हुँदै नगद ३००० रुपैयाँ प्राप्त गरे। आजको दोस्रो सेमीफाइनल खेलमा न्यु स्टार क्लब झापाले लालीमा क्लब ताप्लेजुङलाई साँघुरो नतिजामा हराउँदै फाइनल प्रवेश गर्न सफल भएको छ। खेलको २० मिनेटमा पेनाल्टी बक्समा हेण्डबल भएपछि पाएको पेनाल्टीमा कप्तान विजय राईले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए। सोही २० मिनेटमानै निश्चल बस्नेतले अर्को गोल थप्दै अग्रता दोब्बर गरेका थिए। त्यसको १ मिनेट नबित्दै सन्त तामाङले लालीमाको लागि गोल गर्दै अग्रता छोट्याइएको थिए, दुई मिनेटको समयमा दुई टोलीबाट कुल ३ गोल भएको थियो तर त्यस पश्चात कुनै टोलीबाट गोल हुन नसक्दा साँघुरो जितको साथमा झापा फाइनल पुगेको हो । उक्त खेलको म्यान अफ दि म्याच झापाको कप्तान विजय राई बन्दै नगद ३००० प्राप्त गरे। मारिक एफ सी धरान र न्यू स्टार क्लब झापा उपाधिका लागि दिनको ठीक १ बजे भिड्नेछन्। विजेता हुने टोलीले तीन लाख र उपविजेताले एक लाख साठी हजार प्राप्त गर्नेछन्।
- ताप्लेजुङ गोल्डकपलाई फुङलिङ नगरपालिकाको सात लाख सहयोग
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा