बिराटनगर । यहाँ जारी रमपम बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा चर्च ब्वाईज युनाइटेड, ललितपुर र थ्रीस्टार क्लब, ललितपुर भिड्ने भएका छन् ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलतर्फ चर्च ब्वाईजले नेपाल पुलिस क्लब, काठमाडौंलाई १–० ले हराएपछि प्रतियोगिताको फाइनल समिकरण पूरा भएको हो । शहिद रंगशालामा खेलको ७०औं मिनटमा लाक्पा पाख्रिनले गरेको एक मात्र गोल पुलिस विरुद्ध चर्च ब्वाईजलाई जित निकाल्न निर्णायक बन्यो ।
खेलको म्यान अफ दि म्याच चर्च ब्वाईज कै डिफेन्डर गौरव श्रेष्ठ घोषित भए । उनले पुरस्कार वापत नगद ११ हजार र ट्रफी हात पारे । अब यही फागुन २८ गते बुधबार हुने फाइनलमा चर्च ब्वाईज र थ्रीस्टार उपाधिका लागि भिड्ने छन् ।
बिराट गोल्डकप आयोजक समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने फागुन २८ गतेका दिन हुनेछ ।
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय
- राम वजिको दुई गोलसँगै केराबारी फाइनलमा