
हेटौडा । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार चार खेल सम्पन्न भकाए छन् । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गते सम्म चल्ने प्रतियोगितामा ४५ वर्ष माथि उमेर समूह बिच खेल भइरहेको छ ।
हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत शुक्रवारको पहिलो खेलमा फ्रिडम फाइटर ठमेल विजयी भएको छ । फ्रिडमले चितवन भेट्रान्सलाई दुई शून्य गोल अन्तरले पराजित गर्न सफल भएको छ । खेलको दोस्रो हाफको ४२ औ मिनेटमा फ्रिडमका तर्फबाट राजकुमार केसीले एक गोल र ४९ औ मिनेटमा कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई विजयी बनाउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच फ्रिडम फाइटर भेट्रान्सका खेलाडी राजकुमार केसी घोषित भएका थिए ।
दोस्रो खेलमा नागस्वती भेट्रान्स विजयी भएको छ । नागस्वतीले सिमरा भेट्रान्सलाई तिन शून्य गोल अन्तरमा पराजित गर्न सफल भएको थियो । नागस्वतीको तर्फबाट खेलको छैटौँ मिनेटमा र १९ औँ मिनेटमा निमा लामाले दुई गोल गरेका थिए भने १० औ मिनेटमा प्रकाश राना मगरले एक गोल गर्दै समूहलाई विजयी बनाउन सफल भएका थिए । खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका खेलाडी निमा लामा घोषित भएका थिए ।
यस्तै तेस्रो खेलमा बगर भाईखलक पोखरा विजयी भएको छ । खेलको दशौँ मिनेटमा बागरभाइको तर्फबाट राजकुमार तामाङले एक गोल गरेका थिए भने एनजेजे भिसी भेट्रान्सको तर्फबाट खेलको २९ औ मिनेटमा दिलकुमार कार्कीले एक गोल गरेका थिए । निर्धारित समयमा दुबै समुहबाट एक एक गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा बगरभाईले चार तिन गोल अन्तरमा पराजित गर्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच बगर भाईखलकका खेलाडी हिमाल थापा घोषित भएका थिए ।
यस्तै आजको चौथो खेल किङकम भेट्रान्स काठमाडौँ र बुटवल भेट्रान्स बिच हुने तालिका रहे पनि प्राविधिक कारण बुटवल भेट्रान्स अनुपस्थित भएपछि किङकम भेट्रान्स विजयी भएको छ । प्रतियोगितामा शनिवार चार क्वाटर फाइनलका खेलहरू हुने प्रतियोगीताका संयोजक मणिराज गौतमले बताउनु भयो । शनिवार पहिलो खेल दिउसो १ बजे बानेश्वर भेट्रान्स र एबिसि भेट्रान्स बिच हुनेछ भने दोस्रो खेल बगर भाईखलक पोखरा र किङकम भेट्रान्स बिच दिउसो २ बजे हुने तालिका रहेको छ । यस्तै तेस्रो क्वाटर फाइनल खेल फ्रिडम फाइटर र नागस्वती भेट्रान्स बिच दिउसो ३ बजे हुने तालिका रहेको छ । यसै गरी चौथो खेल आयोजक हेटौडा भेट्रान्स र बौद्ध भेट्रान्स बिच हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा