News
मलेसियामा प्रथम जोहोर फुटसल कप हुँदै
काठमाडौं । मलेसियामा रहेका नेपालीहरुद्वारा स्थापित पिबी एफसी, जोहोरको आयोजनामा आउँदो मार्च ३० तारीखका दिन प्रथम जोहोर फुटसल कप हुने भएको छ ।
जोहोर शहर मै हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४५० मलेसियन रिंगेट तोकिएको छ । साथै प्रतियोगितामा कुल २० टोलीहरु सहभागि हुने अनुमान गरिएको आयोजक क्लबका सचिव दिपक कार्कीले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ हजार मलेसियल रिंगेट हात पार्नेछ भने उपविजेताले १५०० मलेसियन रिंगेटसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दिलिप बिष्टले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताबारे थप जानकारीका लागि सम्पर्क नम्बरहरु 01131684722, 011-65034238 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने