News एकतर्फी जितका साथ देवदह ब्वाईज फाइनलमा
सुरज राना मगर

बुटवल । एकतर्फी जित निकाल्दै देवदह ब्वाईज, देवदह जारी लखन कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो सेमिफाइनलतर्फ देवदहले सियारी गाउँपालिका, सियारीलाई ६–१ को अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । देवदहको जितमा सुरज थारुले ह्याट्रिक गरे भने मनिष थारुले दुई तथा निर थापाले एक गोल गरे । पराजित सियारीका लागि गणेश हमालले एक मात्र गोल फर्काएका थिए ।

खेलमा ह्याट्रिक गरेका देवदहका सुरज थारु म्यान अफ दि म्याच समेत चुनिए । देवदहले अब फागुन ७ गते हुने फाइनलमा आयोजक लखन ब्रदर्श युथ क्लब, बुटवलसँग उपाधिका लागि भिड्नेछ ।

लखन ब्रदर्श युथ क्लब, बुटवल–८, सुख्खानगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,५१५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,७५७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राम थापाले बताए । 

Post Comments