
पोखरा । पहिलोपटक सहभागिता जनाईरहेको ब्ल्याक बुल्स फुटबल क्लब, उज्वेकिस्तान जारी २४औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार पोखरा रंगशालामा भएको खेलमा ब्ल्याक बुल्सले थन्डरबोल्ट नर्थ युनाइटेड, सिक्किम, भारतलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बनेको हो । खेलमा ब्ल्याक बुल्सका एलिजोन म्यान अफ दि म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तर्गत माघ ३० गते बुधबारको पहिलो सेमिफाइनल खेल नेपाल पुलिस क्लब, काठमाडौं र चर्च ब्वाईज युनाइटेड क्लब, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।
सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६ लाख १ हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन ३ गतेका दिन हुनेछ ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड