News
झापाको गोल पोष्टमा अर्जुनधाराको गोल वर्षा

बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो क्वाटर फाइनलमा झापा गाउँपालिकालाई १६-० ले पराजित गर्दै अर्जुनधारा नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफमा ५-० को अग्रता बनाएको अर्जुनधाराले दोस्रो हाफमा थप ११ गोल गर्दै १६-० को जित दर्ता गरेको हो । खेलको प्लेयर अफ दी म्याच अर्जुनधाराकी कुसुम खतिवडा घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् ।
भोलि (बुधबार)मेचि नगर नगरपालिकाले कमल गाउँपालिकासँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- स्व.लोकराज ढुंगाना स्मृति च्यालेन्ज कप: शिवसताक्षी सेमिफाईनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- न्यु स्टार क्लब सेमीफाइनलमा
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै