उद्घाटनै खेलमै एपएफ बर्दिबाश, महोत्तरिको सानदार जित,
गोलनेपाल

बारा। करैयामाई गा.पा को आयोजनामा सञ्चालन भइरहेको तेस्रो करैयामाई गोल्डकप फुट्बल प्रतियोगिता २०८३ को आज पहिलो दिनमा प्रतियोगिताको पहिलो खेल सम्पन्न भएको छ। उक्त खेलमा एपएफ बर्दिबाश, महोत्तरीले बिर्गञ्ज युथ एकेडेमी लाई पराजित गर्दै प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गर्न सफल भएको हो।

खेलको पहिलो हाफको सुरुवाती १०औं मिनेटको समयमा बिर्गञ्ज युथ एकेडेमी को तर्फबाट अजित चौधरीले उत्कृष्ट फिनिसिङ्ग सहित जाली छुमाउदै टोलि लाई पहिलो अग्रता दिलाएको थियो र खेल निकै नै रोचक बन्दै जाँदा एपएफ को तर्फबाट प्रदिप मगरले गोल फर्काउँदै खेल बराबरिमा ल्याउन सफल बने। उक्त खेलको निर्धारित समयसम्म १-१ गोलको बराबरिले खेल पेनाल्टि सुटआउट तर्फ धकेलिदै एपएफ बर्दिबाश ले बिर्गञ्ज युथ एकेडेमी विरुद्ध ५-४ को अन्तरले सानदार जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

निर्धारित समयसम्म उत्कृष्ट प्रदर्शनी गरेका एपएफका प्रदिप मगर 'म्यान अफ दि म्याच' घोषित हुदै नगद रु. एक हजार सहित ट्रफि प्राप्त गरे।

प्रतियोगिताको विजेताले नगद रु. सत्तरी हजार र उपविजेताले नगद रु. पैँतीस हजार सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् भने विभिन्न विधागत पुरस्कारको पनि व्यवस्था रहेको छ।

Post Comments