News
दमकमा प्रथम रोयल कप स्कुल स्तरिय फुटबल प्रतियोगिता हुँदै (खेलतालिकासहित)

दमक । रोयल स्पोर्टिङ क्लब, दमक, झापाको आयोजनामा प्रथम रोयल कप स्कुल स्तरिय रनिङ प्रतियोगिता माघ २९ गते मंगलबारदेखि शुरु हुने भएको छ ।
दमक–३, दुम्से स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा माघ २९ गते इन्स्पायर इङलिस स्कुल र सनराईज मोडल स्कुल भिड्ने छन् ।
फागुन ६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
जिल्लाभित्रका स्कुलहरुमा क्षमतावान युवा खेलाडीहरको प्रतिभा प्रस्फुटन गर्ने तथा आपसमा भाईचारा र आत्मियता कायम गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
Post Comments