
घोराही । लुम्बिनी फुटबल एकेडेमी, दाङको आयोजनामा सोमबारदेखि शुरु लुम्बिनी च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगितामा एसएसएफएले विजयी शुरुवात गरेको छ ।
उद्घाटन खेलमा एसएसएफएले युएनबिसीलाई ३–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । खेलमा निशान घर्तीको पेनाल्टी गोलबाट युएनबिसीले खेलमा अग्रता बनाए तापनि एसएसएफएले खेलमा उत्कृष्ट पूनःरागमन गर्यो ।
एसएसएफएका लागि किरन योगी, विजय सिंह ठकुरी र निशान डाँगीले गरे । खेलमा एसएसएफका विजय सिंह ठकुरी म्यान अफ दि म्याच समेत घोषित भए ।
यो जितसँगै एसएसएफए सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत माघ २९ गते मंगलबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक लुम्बिनी एफए (निलो) र राईजिङ स्टार बीच हुने आयोजकले जानकारी दियो ।
फागुन ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।