News
फाइनलमा राइजिङ स्टार, उपाधिका लागि एसएसएफएसँग भिड्ने
घोराही । राइजिङ स्टार क्लब यहाँ जारी लुम्बिनी च्याम्पियनसिप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा राइजिङ स्टारले बिएफएललाई सडन डेथमा हराउँदै फाइनल स्थान सुरक्षित गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
निर्धारित समयतर्फ रियान बुढाले बिएफएलका लागि गोल गरेका थिए भने मिलन आलेले राइजिङका लागि गोल फर्काएका थिए । सडन डेथमा भने राइजिङले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्यो ।
खेलमा राइजिङका दिवान घर्ती मगर म्यान अफ दि म्याच घोषित भए । राइजिङ स्टारले अब शनिबार नै हुने फाइनलमा एसएसएफएसँग उपाधिका लागि भिड्नेछ ।
लुम्बिनी फुटबल एकेडेमी, दाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।
Post Comments
Related News
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा