News
चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिता हुने
देवचुली । देवचुली नगरपालिकामा चौथो देवचुली मेयर कप फुटबल प्रतियोगिता फुटबल प्रतियोगिता हुने भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा फारम खेलकुद विकास समितिको सह आयोजनामा फागुन १० गतेबाट वरचुली माविको खेलमैदान देवचुली १७ मा प्रतियोगिता संचालन गर्न लागिएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५५ हजार रुपैयाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले ८१ हजार रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसै गरि सेमिफाइनल पुग्ने दुई टिमले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वोकृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट डिफेन्डरलाई पुरस्कारको व्यवस्था रहेको खेल फारम खेलकुद विकास समितिका अध्यक्ष प्रकाश हमालले जानकारी दिए ।
खेलका लागि फागुन ७ गतेसम्म टिम दर्ता गर्न सकिने र टिम दर्ताका लागि १० हजार रुपैयाँ शुल्क लाग्ने आयोजकले जनाएको छ । टिम दर्ताका लागि इसेवा ( ९८४७४६२६४४ ) मा रकम पठाउन सकिने आयोजकले व्यवस्था गरेको छ ।
खेलको बारेमा थप जानकारीका लागि ९८०८३०१३१३, ९८००७१११२३, ९८२१४११६९५, ९८४५८२०९३६, ९८१४४८८१०० मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
Post Comments
Related News
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
- हनामी भरतपुर एफसी फाइनलमा, उपाधिका लागि गण्डकी पुलिससँग भिड्ने
- गण्डकी प्रदेश पुलिस फाइनलमा