News महिला टोलीको पारम्भिक स्क्वाडमा अब ३० खेलाडी मात्र
गोलनेपाल

काठमाडौं । घरेलु मैदान मै हुने चारदेशीय अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल टोलीको बन्द प्रशिक्षणबाट ९ खेलाडीहरु बाहिरिएका छन् । यसअघि ३९ खेलाडीहरु बन्द प्रशिक्षणमा रहे तापनि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले आइतबार ९ खेलाडीहरुलाई बाहिर निकालेका हुन् ।

बाहिरिने खेलाडीमध्ये एक अमिषा कार्की पनि रहेकी छिन् । अमिषा हाल सेनाको विशेष तालिममा रहेकाले टोलीमा सामेल हुन नसकेकी हुन् । अमिषाले लिग कै पनि केही खेलहरु गुमाएकी ीथईन् । त्यस्तै साबित्रा भण्डारी, रेखा पौडेल र अन्जिला तुम्बापो सुब्बाले विदेशी लिग खेलिरहेकाले उनीहरु सिधै राष्ट्रिय टोलीमा सामेल हुने बताइएको छ ।

स्मरण रहोस, नेपाली महिला फुटबल टोलीले आउँदो फागुन ५ गतेदेखि दशरथ रंगशालामा हुन गईरहेको म्यानमार, किर्गिस्तान र लेबनान सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्दैछ ।

यस्तो छ हाल बन्द प्रशिक्षणमा परेका ३० सदस्यीय प्रारम्भिक टोलीः

गोलकिपर्सः
अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ साबित्री किसन, सुजाता तामाङ

डिफेन्डर्सः
अमृता जैसी, गीता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, सजनी थोकर, प्रतिक्षा चौधरी

मिडफिल्डर्सः
अनिता बस्नेत, रेनुका नगरकोटी, प्रिती राई, सरु लिम्बु, सबिता राना मगर, रेनुका हमाल, सम्झना लावती, सुष्मा तामाङ, मनमाया दमाई, बिर्सना चौधरी

फरवार्डसः
साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, ममता पुन, रेखा पौडेल

 

Post Comments